|

काठमाडौं : ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज  इंग्ल्याण्ड र श्रीलंका भिड्दैछन्।  

समूह १ को अन्तिम खेलमा आज इंग्ल्याण्डले श्रीलङ्कालाई जित्नै पर्ने दबाब छ। नजिते इंग्ल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिनेछ।

श्रीलङ्का भने यसअघि नै सेमिफाइनलको दौडबाटै बाहिरिसकेको छ।  श्रीलङ्काले ४ खेलमध्ये २ मा जित र २ मा हार बेहोरेको छ। श्रीलंकाले जिते उसको ६ अङ्क मात्र हुनेछ जुन सेमिफाइनल पुग्न पर्याप्त छैन। 

 इंग्ल्याण्डले आयरल्यान्डसँग १ खेलमा मात्र हार बेहोरेको छ। यदि उसले खेल जित्यो भने उसको अस्ट्रेलियासँग समान ७ अङ्क हुनेछ। उच्च नेट रन रेटका कारण अस्ट्रेलियालाई पछिपार्दै इंग्ल्याण्ड दोस्रो स्थानमा आउनेछ।

अस्ट्रेलिया र न्यूजिल्याण्डको अहिलेसम्म ७ अङ्क छ भने इंग्ल्याण्डको ५ अङ्क छ। इंग्ल्याण्डको नेट रन रेट न्यूजिल्याण्डभन्दा कम छ तर अस्ट्रेलियाको भन्दा राम्रो छ।

यस अवस्थामा इंग्ल्याण्डले श्रीलङ्कालाई हराए सेमिफाइनलको यात्रा पक्का हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.