|
फाइल

डडेल्धुरा: प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् भंग गरेर अति गरेपछि आफूहरू अदालत जानुपरेको बताएका छन्।

शनिबार गृहजिल्ला डडेल्धुराको अजयेमरु गाउँपालिका भद्रपुरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले तत्कालीन प्रधानमन्त्री देउवाले ओलीले राति दुई बजे राष्ट्रपतिलाई उठाएर संसद् भंग गरेको आरोप लगाए।

ओलीले पटक पटक संसद् भंग गरेको भन्दै उनको षड्‌यन्त्र सह्य नभएको बताए।

‘ओलीजीले राति २ बजे राष्ट्रपतिलाई उठाएर २ पटक संसद् भंग गरिदिनुभयो,’ देउवाले भने, ‘दिउँसो गरेको भए हुन्थ्यो। भोलिपल्ट बिहान गरे पनि हुन्थ्यो तर राति नै किन गर्नुपरेको थियो? उहाँले षड्‌यन्त्रपूर्वक दुईपल्ट संसद्भं ग गर्नु भएको हो।’

उनले प्रचण्ड र माधव नेपालको सहयोगले आफू पाँचौंपटक प्रधानमन्त्री बन्न पाएको पनि बताए। उनले अहिलेको गठबन्धन निकै आवश्यक रहेको पनि धारणा राखे।

‘जुन अहिले गठबन्धन बनेको छ। यो अत्यन्त आवश्यक छ। अहिलेलाई मात्रै होइन, पछिसम्मलाई पनि गठबन्धन मिलेर सरकार बनाउनुपर्ने अवस्था छ’‚ देउवाले भने, ‘धेरै लामो समयदेखि लडेर ल्याएको प्रजातन्त्र, गणतन्त्रको रक्षा गनुपर्नेछ।’

उनले डडेल्धुरामा विकास निर्माणका धेरै काम भएको र बाँकी काम पनि चाँडै पूरा गर्ने आश्वासन दिए। उनले अजयमेरु गाउँपालिकाको पुइलेकमा एयरपोर्ट बनाएर नै छाड्ने प्रतिबद्धता व्यक्त गरे। यसका साथै उनले डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याउने र मेडिकल शिक्षा पढ्नका लागि दिल्ली, काठमाडौंलगायतका ठाउँ जानुपर्ने बाध्यता हटाउने पनि आश्वासन देउवाले बाँडे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.