|

काठमाडौं : भक्तपुरको मध्यपुर थिमी नगरपालिका १ लोकन्थलीनजिकै मोटरसाइकल  दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 

दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका २ का २७ वर्षीय  पुण्यबहादुर बोहराको मृत्यु भएको हो। गम्भीर घाइते भएका बोहराको उपचारको क्रममा गठ्ठाघरस्थित नागरिक अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त थिमीले जनाएको छ। 

काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको प्रदेश ३–०२– ०१२ प ६३३५ नम्बरको मोटरसाइकललाई गएराती सवा १० बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको होे। ठक्कर दिएर फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.