|

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदैछ। यसपटकको निर्वाचनमा कतिपय चर्चित उम्मेदवारले आफैँलाई मत खसाल्न पाउने छैनन्।

निर्वाचन क्षेत्र परिवर्तन गरेर उम्मेदवारी दिएका नेताले आफूले उठेका क्षेत्रबाट मतदान गर्न नपाउने भएका हुन्। निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौडेलले​मतदाता नामावली रहेको क्षेत्रमा उम्मेदवार बनेका अन्य उम्मेदवारहरूले भने मतदान गर्न पाउने जानकारी दिए।

सत्ता गठबन्धनको भागबन्डाका कारण नेताहरूको व्यवस्थापन गर्न उम्मेदवारहरूले आफूले चाहेको क्षेत्रमा मतदाता नामावली नभएका र अर्को क्षेत्रमा भएका कारण शीर्ष नेताहरूले नै आफैँलाई मत खसाल्न नपाउने भएका हुन्। उम्मेदवारहरूले प्रत्यक्ष र समानुपातिकमा भोट हाल्न नपाउने भएका हुन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आफूलाई मत खसाल्न पाउने छैनन्। झापा–५ बाट उम्मेदवार बनेका ओलीको मतदाता नामावली भक्तपुर–२ मा रहेका कारण मत हाल्नबाट वञ्चित हुनुपरेको हो। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि यसपटक आफूलाई मत हाल्न पाउने छैनन्।

प्रचण्डले चितवन–३ छोडेर गोरखा–२ बाट उम्मेदवारी दिएकाले यसपटक उनले आफैंलाई मत खसाल्नबाट वञ्चित हुनेछन्। चितवनको भरतपुर महानगरपालिका–१४ मा प्रचण्डको मतदाता नामावली रहेको छ। 

नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले पनि आफूलाई मतदान गर्न पाउने छैनन्। काठमाडौं–२ मा उम्मेदवारी दिएकी उनको मतदाता नामावली रोल्पा नगरपालिका–७ मा छ। 

नेपाली कांग्रेसका प्रदीप पौडेलले पनि आफूलाई मत खसाल्नबाट वञ्चित हुनेछन्। काठमाडौं–५ बाट उम्मेदवारी दिएका उनको मतदाता नामावली तनहुँ–२ मा छ। 

मोहन बस्नेतले पनि आफैंलाई मतदान गर्न नपाउने भएका छन्। सिन्धुपाल्चोक–२ बाट उम्मेदवारी दिएका उनको मतदाता नामावली सिन्धुपाल्चोक–१ मा रहेकाले आफूलाई मत खसाल्ने अवसरबाट उनी वञ्चित हुने भएका हुन्। 

नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठले पनि आफूलाई मत दिन पाउने छैनन्। उनको मतदाता नामावली तनहुँको ब्यास नगरपालिका ४ दमौलीमा रहेकाले आफूलाई मतदान गर्न नपाउने भएका हुन्। 

यी हुन् आफैंलाई मत खसाल्न नपाउने उम्मेदवारः

केपी शर्मा ओली                               मतदाता नामावलीः बालकोट–२               उम्मेदवारी दिएको क्षेत्रः झापा–५

पुष्पकमल दाहाल प्रचण्ड                   मतदाता नामावलीः चितवन–३                 उम्मेदवारी दिएको क्षेत्रः गोरखा–२

ओनसरी घर्ती (माओवादी केन्द्र)           मतदाता नामावलीः रोल्पा नगरपालिका–७  उम्मेदवारीः काठमाडौं–२

अग्नि खरेल (नेकपा एमाले)                  मतदाता नामावलीः झापा–२​                      उम्मेदवारी झापा–१

विरोध खतिवडा (एकीकृत समाजवादी) मतदाता नामावलीः मकवानपुर–१              उम्मेदवारी मकवानपुर–२

देवेन्द्र पौडेल (माओवादी केन्द्र)             मतदाता नामावलीःबागलुङ-१२                उम्मेदवारीः बागलुङ–२

बीरबहादुर बलायर (नेपाली कांग्रेस)      मतदाता नामावलीः डोटी                        उम्मेदवारी–कैलाली-४

डीना उपाध्याय (नेपाली कांग्रेस)          मतदाता नामावलीः मकवानपुर–२            उम्मेदवारीः मकवानपुर–१

प्रदीप पौडेल (नेपाली कांग्रेस)               मतदाता नामावलीः तनहुँ-२ ​                    उम्मेदवारीः काठमाडौं–५

सर्वेन्द्र खनाल (एमाले)                         मतदाता नामावलीः काठमाडौं-५​            उम्मेदवारीः काठमाडौं-६

नेमकिपाका राजेन्द्र प्रजापति, विकास गुरुङ, जसपाका लक्ष्मणलाल कर्ण, चित्रप्रसाद गुरुङ, नेकपा माओवादी केन्द्रकी कल्पना धमला, अक्कलबहादुर तामाङ, महेन्द्र खायमी, भोलामान कार्की, रामसुफल कामती, रेश्मा चेम्जोङ, जीवनारायण राजवंशी, राजकुमार लामा, कृष्णगोपाल छुस्यावाग, गजेन्द्र लिम्बु, मनोरथ राजवंशी, श्यामबहादुर लिम्बु, विक्रम कासिछ्वाले, दिलीप धिमाल, नन्दराज राई, तेन्जी भोटिया, भोलामान कार्कीलगायतका उम्मेदवारहरूले पनि मतदाता नामावली रहेको क्षेत्रभन्दा फरक क्षेत्रबाट उम्मेदवारी दिएकाले आफूलाई मत खसाल्न नपाउने भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.