|

काठमाडौं : मंगलबार देशभरि जम्मा १४ जना कोरोनाबाट संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा १ हजार ३३० जनाको परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो। 

आज २० जना कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर कोरोनाका सक्रिय संक्रमित जम्मा ४९१ जना रहेका छन्। नेपालमा कोरोना संक्रमण देखिएयता हालसम्म १२ हजार १९ जनाको कोरोनाबाट मृत्यु भएको छ। 

नेपालमा ९५ प्रतिशत जनसंख्याले कोरोनाविरुद्ध पूर्ण खोप लगाइसकेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.