विराटनगर : तीनवटा क्षेत्रको मतगणना माेरङमा १ बजे सुरू हुने भएको छ। मोरङको क्षेत्र नं. ४, ५ र ६ नम्बर क्षेत्रको मतगणना १ बजे देखि सुरू हुने भएको हो। ४, ५ र ६ नम्बर निर्वान क्षेत्रको विराटनगरस्थित आदर्श माविमा प्रत्येक निर्वाचन क्षेत्रको चार ठाउँबाट मतगणना सुरु हुने प्रमुख निर्वाचन कार्यालय विराटनगर मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार आज बिहान बसेकाे सर्वदलीय सहमतिका आधारमा मतगणना थालनी गरिने निर्णय भएकाे हो ।
कहाँ कति मत खस्यो ?
मोरङमा ६६.२२ प्रतिशत मत खसेको छ । ७ लाख ३५ हजार ५ सय २५ मतदाता रहेको मोरङमा ४ लाख ८७ हजार ४७ मत खसेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार मोरङ क्षेत्र नं. १ मा ६१.५२ प्रतिशत मत खसेको छ ।
सो निर्वाचन क्षेत्रमा १ लाख २३ हजार ६ सय १५ मतदाता रहेको मध्ये ७६ हजार ५४ मत खसेको थियो । यस्तै क्षेत्र नं. २ मा ६४.२३ प्रतिशत मत खसेको छ । उक्त निर्वाचन क्षेत्रमा १ लाख २४ हजार ७२९ मतदाता मध्ये ८० हजार १ सय २७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
यसैगरी क्षेत्र नं. ३ मा ६५.८ प्रतिशत मत खसेको छ । यो निर्वाचन क्षेत्रमा १ लाख ४९ हजार ८३३ मतदाता रहेकोमा ९७ हजार ५ सय १ मत खसेको छ । क्षेत्र नं. ४ मा ६७.७२ प्रतिशत मत खसेको छ । ४ नम्बर क्षेत्रमा १ लाख १० हजार ९३ मतदातामा रहेको क्षेत्रमा ७४ हजार ५५७ मत खसेको छ । क्षेत्र नं. ४(१) मा ४१ हजार ६९२, क्षेत्र नं. ४(२) मा ३२ हजार ८६५ मत खसेको छ ।
यस्तै क्षेत्र नं. ५ मा ७२.६१ प्रतिशत मत खसेको छ । सो निर्वाचन क्षेत्रमा १ लाख ४९४ मतदातामा ७२ हजार ९ सय ७३ मत खसेको छ । क्षेत्र नं. ६ मा ६७.७१ प्रतिशत मत खसेको छ । उक्त निर्वाचन क्षेत्रमा ८५ हजार ८२७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।