|

सोलुखुम्बु:  सोलुखुम्बुको ६ स्थानीय तहको मतपेटिका सदरमुकाम सल्लेरी आइपुगेको छ। लिखुपिके गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिका बाहेक  ११९ मतदान केन्द्रको मतपेटिका सल्लेरी आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

खुम्बु पासाङ ल्हामु गाउँपालिकाको वडा नम्बर १ को २ वटा मतदान केन्द्रको मतपेटिका गाडी मार्फत ल्याइएको छ भने ९ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टर मार्फत ल्याउने तयारी भइरहेको  साहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतीले जानकारी दिए। 

लिखुपिके गाउँपालिकाको ७ वटा मतदान केन्द्रको मतपेटिका गाडी मार्फत  ल्याइँदै छ।  आइतबार सम्पन्न मतदानमा  सोलुखुम्बुमा ४८.३८ प्रतिशत मत खसेको छ।  ८१ हजार ५ सय २ जना मतदाता रहेको जिल्लामा करिब ४० हजारले मतदान गरेका छन्।  राजनीतिक दलहरूसँग सोमबार सर्वदलीय बैठक गरी  मतगणना सुरु गरिने तयारी भएको छ।  सोलुखुम्बुको मतगणना जिल्ला समन्वय समितिको हलमा गरिनेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.