|

बागलुङ : बागलुङ–२ (१) मा नेपाली कांग्रेसका जीत बहादुर शेरचन विजयी भएका छन्। शेरचनले स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती मगरलाई तीन हजार १०० मतान्तरले पराजित गरेका हुन्। शेरचनले १५ हजार १०८ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गरे।

शेचरन पाँच दलीय गठबन्धका साझा उम्मेदवार थिए भने घर्तीलाई नेकपा एमालेले सघाएको थियो। यस क्षेत्रमा शेरचन र घर्ती बाहेक अन्य उम्मेदवार थिएनन्। घर्ती स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि ताराखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवारसमेत बनेका थिए।

ताराखोला, बडिगाड गाउँपालिका र गलकोट नगरपालिका पर्ने यस क्षेत्रमा ५४ हजार ३३४ मतदाता रहेकोमा २७ हजार ९८० मत खसेको थियो। ८६४ म तबदर भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.