|

बागलुङ : बागलुङ–१ (१) मा नेपाली कांग्रेसका दीपेन्द्र बहादुर थापा विजयी भएका छन्।

थापाले एमालेका उम्मेदवार हिराबहादुर केसीलाई १४७८ मतान्तरले पराजित गरेका हुन्। थापाले १३ हजार ८८४ मत ल्याउँदा केसीले १२ हजार ४०५ मत प्राप्त गरेका छन्।

थापा पाँच दलीय गठबन्धका साझा उम्मेदवार थिए। यस क्षेत्रमा थापा र केसीसहित पाँच जनाको उम्मेदवारी परेको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीप्रसाद आचार्य १४५०, सामाजिक एकता पार्टीका भक्तबहादुर विक ३०७ र स्वतन्त्र उम्मेदवार दिपेन्द्र हमालले १०७ मत प्राप्त गरेका छन्।

बागलुङ नगरपालिकाका ११ वडा र काठेखोला गाउँपालिका पर्ने यस क्षेत्रमा ५० हजार २८० मतदाता रहेकोमा २८ हजार ८२५ मत खसेको थियो। जसमा ६३२ मत बदर भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.