|

दाङ : यहाँका प्रतिनिधिसभा तर्फका तीनवटै क्षेत्रमा गठबन्धनले अग्रता कायम राखेको छ। दाङका ३ वटा प्रतिनिधिसभा र ६ वटा प्रदेशसभामा अग्रता कायम राखेको हो। दाङ क्षेत्र नं १ को प्रतिनिधिसभामा गठबन्धन तर्फका उम्मेदवार मेटमणि चौधरीले निकटतम प्रतिद्वन्दी एमालेका शान्ता चौधरीलाई १ हजार ७३५ मतले पछि पारेका छन्।

१४ हजार ४१९ मत गणना हुँदा एकीकृत समाजवादीका चौधरीले ५ हजार ५३५ मत ल्याएका छन्, भने उनका प्रतिद्वन्दी एमालेकी शान्ता चौधरीले ३ हजार ८०० मत ल्याएकी छन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ३ हजार ५२ मत ल्याएका छन्, भने नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले १ हजार ९३ मत ल्याएका छन्।

त्यसैगरी, दाङ क्षेत्र नं २ मा पनि प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रका रेखा शर्माले आफ्नो अग्रता कायम राखेकी छन्। ३८ हजार हजार १३२ मत गणना हुँदा रेखाले १४ हजार १०७ मत प्राप्त गरेकी छन्, भने एमाले महासचिव शंकर पोखरेलले १२ हजार ४२३ मत प्राप्त गरेका छन्। उनीहरुबीचको मतान्तर एक हजार ६८४ रहेको छ।

दाङ क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका उम्मेदवार दीपक गिरीले मतान्तर बढाएका छन्। २० हजार ४४८ मतगणना हुँदा कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गिरी प्रतिस्पर्धी एमालेका कोमल वलीभन्दा १ हजार ७८३ मतले अघि छन्। गिरीले ८ हजार ४३५ मत प्राप्त गरेका छन्, भने वलीले ६ हजार ६५२ मत प्राप्त गरेकी छन्।

यसैबीच, प्रदेशसभा सदस्यतर्फ पनि तीनवटै क्षेत्रमा गठबन्धनका उम्मेदवारले लिड गरिरहेका छन्। दाङको क्षेत्र नं १ को प्रदेशसभा १ मा पनि गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता इन्द्रजित चौधरीले अग्रता कायम राखेका छन्। उनले निकटतम प्रतिस्पर्धी एमालेका गंगाराम भट्टराईलाई ३४४ मतान्तरले पछि पारेका छन्।

१४ हजार ४१९ मत गन्दा चौधरीले ४ हजार ७५७ मत ल्याएका छन्, भने भट्टराइले ४ हजार ४१३ मत ल्याएका छन्। त्यस्तै नागरिक उन्मुक्ती पार्टीका रञ्जित चौधरीले १ हजार ८३८ मत ल्याएका छन्।

क्षेत्र नं १ को प्रदेशसभा २ मा पनि गठबन्धनका उम्मेदवार कांग्रेस युवा नेता अनुराग खड्काले अग्रता कायम गरेका छन्। १४ हजार ८६६ मत गणना हुँदा खड्काले ५ हजार ९६८ मत ल्याएका छन्, भने उनका प्रतिस्पर्धी एमालेका कुलबहादुर केसीले ५ हजार ८७३ मत प्राप्त गरेका छन्  दाङ क्षेत्र नं २ को प्रदेसभा १ मा पनि गठबन्धनका उम्मेदवार राजु खनाल अगाडि छन्। ३२ हजार १५८ मत गणना हुँदा खनालले १४ हजार १०७ मत प्राप्त गरेका छन्, भने राणाले १२ हजार ४२३ मत प्राप्त गरेका छन्।

त्यस्तै, दाङ क्षेत्र नं। २९२० मा पनि गठबन्धनका उम्मेदवार अघि छन्। गठबन्धनका उम्मेदवार कांग्रेसका प्रचण्ड विक्रम न्यौपानेले ५ हजार ८२७ मत ल्याएका छन्, भने उनका प्रतिस्पर्धी एमालेका गिरीराज केसीले ५ हजार ३६७ मत ल्याएका छन्। उनीहरुबीचको मतान्तर ४६० रहेको छ।

दाङ क्षेत्र नं।३ को प्रदेशसभा १ मा गठबन्धनबाट काँग्रेसका डिल्ली चौधरीले आफ्ना प्रतिस्पर्धी एमालेका घनश्याम पाण्डेलाई २ हजार ७०१ मतले पछि पारेका छन्। चौधरीले १० हजार ८०३ मत प्राप्त गरेका छन्, भने पाण्डेले ८ हजार १०२ मत प्राप्त गरेका छन्। सोही क्षेत्रमा अहिलेसम्म २२ हजार २४९ मत गणना भएको छ। यो क्षेत्रमा ६६ हजार ४८६ मतदातामध्ये ४० हजार ५७० मत खसेको थियो।

क्षेत्र नं ३ को प्रदेशसभा २ मा गठबन्धनका धनबहादुर मास्की राजेशले सुरुवातदेखि नै अग्रता कायम राखेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.