|

काठमाडौं : प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले ३ लाख मत कटाएको छ। 

निर्वाचन आयोगले बुधबार बेलुकी ८ बजेसम्म गरेको अपडेट अनुसार एमालेले ३ लाख १ हजार ५ सय ९८ मत ल्याएको छ। दोस्रो स्थानको नेपाली कांग्रेसले २ लाख ८० हजार २ सय ७२ मत प्राप्त गरेको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि डेढ लाख मत कटाएको छ। उसले १ लाख ५१ हजार ५९ मत ल्याएको छ।

नेकपा माओवादी केन्द्रले १ लाख ३६ हजार ५ सय ९८ मत प्राप्त गरी चौथो स्थानमा रहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ७९ हजार ९ सय २८, जसपाले २९ हजार १ सय ८६, नेपाल मजदुर किसान पार्टीले २५ हजार ७ सय ४, जनमत पार्टीले २२ हजार ५ सय ५७, नेकपा एकीकृत समाजवादीले १७ हजार २ सय ८२, नागरिक उन्मुक्ति पार्टीले १४ हजार ४ सय ८० मत ल्याएको छ।

अन्य पार्टीले ६३ हजार ७ सय ९५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । हालसम्म ११ लाख २२ हजार मतगणना भइसकेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.