|

काठमाडौं : ललितपुर क्षेत्र नं. ३ मा माओवादीको तर्फबाट प्रतिस्पर्धी पम्फा भुसालले प्रतिनिधिसभा सदस्यमा विजयी तोसिमा कार्कीलाई बधाइ दिएकी छिन्।

अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा ‘स्टाटस’ लेखेर भुसालले तोसिमालाई सफल कार्यकालको शुभकामना दिएकी हुन्।

उनले निर्वाचनमा पराजित भए पनि संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता, समावेशी, समानुपातिक प्रतिनिधित्व लगायत परिवर्तनलाई थप संस्थागत गर्दै जनताको आर्थिक उन्नति र देशको संमृद्धिको लागि गरिने हरेक सकारात्मक कार्यमा सहयोग रहने बताएकी छिन्।

उनले आफूलाई मत दिने मतदातालाई आभार प्रकट गरेकी छिन्। ‘मलाई विश्वास गरेर मत दिनुहुने जनताप्रति आभारी छु।’ यो निर्वाचनमा जनताले दिएको मतको हार्दिक सम्मान गर्दछु’, उनले लेखेकी छिन्,  ‘साथै ललितपुर (३ र सिङ्गो नेपालको विकास र जनताको समृद्धिको लागि सदैव यहाँहरूको साथमा हुनेछु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.