|

पाल्पा : पाल्पा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का नारायणप्रसाद आचार्य विजयी भएका छन्।आचार्यले ३१ हजार १ सय ३ मत प्राप्त गरेका छन् भने उनका प्रतिपर्धी  नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार २ सय ५६ मत प्राप्त गरेका छन् । 


स्वतन्त्र उम्मेदवार विपिन कँडेलले २ हजार ८सय ६३, जनता समाजवादी पार्टी नेपालका मेहरमान रानाले ८५,  राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिंजालीले दुई सय ५२, मङ्गोल नेशनल अर्गनाइजेशनका थमनबहादुर बुढामगरले १ हजार ९ सय १६ र राष्ट्रिय जनमुक्ति पार्टीका उजरसिं दर्लामीले एक सय १५ प्राप्त गरेका छन्। 
 स्वतन्त्र उम्मेदवारहरु नारायण न्यौपानेले २७,  राजु सुनारले ६८ र डोलराज तिमिल्सिना (पुतली चिह्न) ले १० मत प्राप्त गगरेका छन्। 

प्रतिनिधिसभा क्षेत्र नं १ मा ९६ हजार ३३ मतदाता रहेकोमा निर्वाचनमा ५८ हजार ४सय ९१ मत खसेको थियो। जसमध्ये १ हजार ४ सय सात मत बदर भएको छ। गत मङ्सिर ५ गते साँझदेखि सुरु भएको मतगणना आज सम्पन्न भएको हो। प्रतिनिधिसभामा निर्वाचित आचार्य २०७४ को क्षेत्र नं १ (२) मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.