धाँधली गरिएको भन्दै पुन: मतदानको माग

|

इलाम : पूर्वप्रधानमन्त्री एवं इलामा १ बाट प्रतिनिधसभा सदस्य उम्मेदवार झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन्।

उनले खसेको मतपत्र भन्दा गणनामा बढी देखिएको भन्दै आपत्ति जनाएका छन् । थाहखबरसंग कुरा गर्दै खनालले पछिल्लो ६ वटा केन्द्रको गणनामा मुचुल्काभन्दा बढी गणना भएको पाइएको बताए ।

‘२४२४ मत खसेको मुचुल्का छ। यिनै बाकसमा गन्दा २६९० मतपत्र फेला परेको छ। २६६ मतपत्र बढी भेटिए । यी मतपेटिका बाकसमा ब्रह्माजी आएर राखिदिएको हो की महादेव आएर राखेको हो ?’ उनले भने ‘कसले छिरायो त्यहाँ भित्र मुचुल्का कागज सहि हो की हैन?​ निर्वाचन ऐन अन्तर्गत त्यो कागज मान्यता मिल्छ की मिल्दैन ।’

खनालले गम्भीर धाँधली भएको भन्दै पुनः मतदानको माग राखेका छन्। पछिल्लो गणनाअनुसार, इलाम–१ मा खनालसँग प्रतिस्पर्धा गरेका नेकपा एमालेका महेश बस्नेतले २४५५ मतान्तरले अग्रता लिइरहेका छन् ।

खनालले १६ हजार ८७ मत पाउँदा बस्नेतले १८ हजार ५४२ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.