|

काठमाडौं : नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। 

सोमबार बिहान दुवै अध्यक्षले छुट्टाछुट्टै समयमा भेटवार्ता गरेका हुन्। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले चुनावी नतिजालगायत समसामयिक विषयमा छलफल भएको थाहा खबरलाई बताए। माओवादी केन्द्रले कांग्रेसले भोट नदिएका कारण आफ्ना अधिकांश उम्मदवारहरु पराजित हुनुपरेको आरोप लगाउँदै लगाउने गरेको छ। 

प्रधानमन्त्री देउवाले चुनावी नतिजा सार्वजनिक हुने क्रम बढेसँगै गठबन्धनमा आबद्ध नेताहरूसँगको छलफललाई तिव्रता दिएका छन्। प्रतिनिधिसभाको प्रत्यक्षमा चार सिटको नतिजा सार्वजनिक हुन बाँकी रहँदा देउवाले नयाँ सरकारका लागि गृहकार्य अघि बढाएका हुन्। पछिल्लाे मतपरिणामअनुसार गठबन्धनसँग प्रत्यक्षमा ८५ सिट रहेकाे छ। समानुपातिककाे मतगणना जारी छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.