काठमाडौं : एक नगरपालिकामा पुनः मतदान भएको बाजुरामा मतगणना सुरु भएको छ।
बिहानदेखि सर्वदलीय बैठक बसेर सहमति भएपछि बिहीबार साँझदेखि ४ ठाउँमा मतगणना सुरू भएको सहायक निर्वाचन कर्मचारी योगेन्द्र रावलले जानकारी दिए।
मंसिर ४ गते मतदानका दिन कांग्रेस-एमालेका कार्यकर्ताबीच झडप भएपछि बुढीनन्दा नगरपालिकाको वडा नम्बर ७ मा पुन मतदान गरिएको थियो ।
अन्य स्थानमा पनि एक पक्षले पुनः मतदान र अर्को पक्षले मतगणना सुरु गर्न माग गरेपछि त्यहाँको मतगणना सुरु हुन सकेको थिएन। झडपका कारण एक युवको प्रहरीको गोली लागेर ज्यान गएको थियो भने एक जनाको कुटपिटबाट मृत्यु भएको बाजुरामा निर्वाचन आयोगले स्थलगत अवलोकन गरी मतगणना गर्न निर्देशन दिएको थियो ।
एकमात्र प्रतिनिधिसभा क्षेत्र रहेको बाजुरामा नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापा छन् भने सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका सहमहामन्त्री बद्री प्रसाद पाण्डे उम्मेदवार छन्। अन्य दल तथा स्वतन्त्र गरी तीन जना पनि प्रतिस्पर्धी छन् ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।