|

स्याङ्जा : स्याङ्जा क्षेत्र नं. २ प्रदेश सभा १ मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका छन्। उनी १५ हजार १६१ मत प्राप्त गरी विजयी भएका हुन्।

कांग्रेस उम्मेदवार अर्यालले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मोहन रेग्मीलाई दुई हजार ७३० मतान्तरले पराजित गरेका हुन्। २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा विजयी भएका रेग्मीले यसपटक १२ हजार ४३१ मत प्राप्त गरे।

स्याङ्जा–२ ९१० मा गल्याङ नगरपालिकाका ६ र ७, भिरकोट नगरपालिकाका ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाका १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ नं गरी १९ वडा पर्छन्। विजयी अर्याल यसअघि वालिङ गाविसको अध्यक्ष र २०५४ सालमा वालिङ नगरपालिकाको प्रमुख भइसकेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । स्याङ्जा क्षेत्र नं २ मा कांग्रेसका धनराज गुरुङको अग्रता कायमै छ । गुरुङले एमालेकी उम्मेदवार पद्माकुमारी अर्याललाई दुई हजार तीन सयभन्दा बढी  मतान्तरले पछि पारेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.