|

विराटनगर : नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकार गठबन्धनकै बन्ने दाबी गरेका छन्।

विराटनगरमा मंगलबार गुरूराज घिमिरेद्वारा लिखित ‘बाटो बिराएको राजनीति’ पुस्तक विमोचन कार्यक्रममा उनले सरकार गठबन्धनकै हुने तर अहिलेको जस्तो भने हुन नसक्ने तर्क गरे।

५ वर्ष सरकार चलाउने भन्दा पनि काम के गर्ने भन्ने विषयमा गठबन्धनका दलहरू स्पष्ट हुनुपर्ने उनको भनाइ थियो। ‘सरकार बनाउँदा स्पष्ट, प्रतिबद्ध र चरित्रवान नेतृत्व हुनुपर्छ‚’ उनले भने।

उनले शक्ति, सीमा र स्रोतको सीमितताको बीचमा अब गठन हुने सरकारले काम गर्नुपर्ने र वर्तमान अर्थतन्त्र समस्याग्रस्त भईसकेकाले यसको समाधानका उपाय नखोजे देश संकटमा जाने बताए।

आफूप्रति संकेत गर्दै उनले आफ्नो पार्टीका गतिला नेताको नेतृत्वमा काँग्रेसले ५ वर्ष सरकार राम्रो चलाए अहिलेको जस्तै २७ प्रतिशतको नभएर ४० प्रतिशतको आकारमा पार्टी पुग्ने दाबीसमेत गरे।

यतिमात्र नभएर अब बन्ने सरकार पनि अहिलेकै तरिकाले चलाउन खोजे कठिन हुने उनको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.