|

धनगढी : काठमाडौँमा नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेका बेला प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा धनगढी पुगेका छन्।

बिहीबार नेपाली सेनाको जहाजमार्फत देउवा धनगढी पुगेका हुन्।

उनलाई धनगढी विमानस्थलमा कांग्रेस कैलालीका नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका थिए। कासा एनए ०६२ सैनिक जहाजमा प्रधानमन्त्रीको टोली धनगढी विमानस्थलमा ओर्लिएको उनको सचिवालयले जनाएको छ।

देउवाले त्यहाँ कैलाली उद्योग वाणिज्य सङ्घले धनगढीमा आयोजना गर्न लागेको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्नेछन्। सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सङ्घले महोत्सव आयोजना गरेको हो। महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ।

कैलाली उद्योग वाणिज्य सङ्घले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएकोमा अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण महोत्सव आयोजना हुन सकेको थिएन।

देउवा महोत्सव उद्घाटन गरेर आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको बताइएको छ।

प्रधानमन्त्रीसँगै एकीकृत समाजवादीका नेता तथा अछामबाट नवनिर्वाचित सांसद, श्रममन्त्री शेरबहादुर कुँवर पनि धनगढी आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.