|

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीहरूमाथि गरेको ज्यादतीको विरोध गरेका छन्। पूव्रप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले धनी र गरिबको विभेदीकरणको दिगो समाधान लाठी/बन्दुक नभएको बताएका हुन्। 

 मेयर बालेन साहलाई संकेत गर्दै उनले शहरीकरण र  गरिबीको दिगो समस्या समाधान नगरे  विष्फोट हुने चेतावनी दिएका हुन्।

‘शहरीकरण, अनौपचारिक श्रम/अर्थतन्त्र, धनी/गरीबको विभेदीकरण संक्रमणकालीन समाज/अर्थतन्त्रको संरचनात्मक समस्या हो। यसको दिगो समाधान लाठी/बन्दुक होइन् योजनाबद्ध व्यवस्थापन र उचित पुनःस्थापना हो। नत्र विष्फोट हुन्छ। चेतना भया,’ भट्टराईले भनेका छन्। 

काठमाडौँ महानगरमा नगर प्रहरीहरूले फुटपाथ व्यवसायीलाई लखेटेपछि भट्टराईको यस्तो प्रतिक्रिया दिएका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.