|

काठमाडौं : काठमाडौंमा भइरहेको अन्तरराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)मा ‘आल्प्स मिट द हिन्दु कुश हिमालय’ शीर्षकमा तस्वीर प्रदर्शनी भइरहेको छ।

​अष्ट्रियाली फोटोग्राफर डा. एरिका हवत्सेक र उनकी छोरी इम्ट्रोड हवत्सेकले दुई कालखण्डमा खिचेका अष्ट्रिया, भारत र नेपालका हिमाली तथा पहाडी क्षेत्रका तस्वीरहरू प्रदर्शनीमा राखिएको हो।

सन् १९१७ मा अष्ट्रियामा जन्मेकी एरिका किशोरावस्थादेखि नै ग्रामीण जनजीवनदेखि प्रभावित थिइन्। सन् १९३० को दशकदेखि उनले तस्वीर लिन तथा संकलन गर्न थालेकी हुन्।

त्यसपछि सन् १९६० मा जन्मेकी उनकी छोरी इम्ट्रोडले भारत र नेपालको हिमाली तथा पहाडी क्षेत्रको जनजीवन तस्वीरमा कैद गर्न थालेकी थिइन्। आमा छोरीले दुई फरक काल र दुई फरक परिवेशमा खिचेका तस्वीरहरू प्रदर्शनीमा एकसाथ राखिएको छ।

प्रदर्शनीमा अष्ट्रिया र हिन्दु कुश हिमालय क्षेत्रमा मिल्दोजुल्दो जीवनशैली देख्न सकिन्छ। विशेषगरी खेती किसानी गरिरहेका महिलाहरूलाई तस्वीरमा स्थान दिइएको छ।

तस्वीरबाटै अष्ट्रिया‚ भारत र नेपालका विभिन्न क्षेत्रका वेशभूषा र रहनसहनमा पनि समानता तथा केही काल र स्थानजन्य भिन्नता देख्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.