|

काठमाडौं : सवारी चालक अनुमतिपत्रको स्मार्ट लाइसेन्सका लागि स्मार्ट कार्ड मास प्रिन्टरको आपूर्ति, डेलिभरी, स्थापना, इन्टिग्रेशन र कमिसनिङ खरिद सम्बन्धी बोलपत्र रद्द भएको छ।

यातायात व्यवस्था विभागले प्राविधिक कारणले रद्द गरिएको सार्वजनिक सूचनामार्फत जानकारी दिएको हो। कहिले पुन: यसको आह्वान हुने विभागले केही खुलाएको छैन।

विभागबाट कात्तिक २८ गते इजिपी मार्फत यसका लागि बोलपत्र आह्वान भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.