|

स्याङ्जा : वालिङमा पर्खालले थिच्दा एक मजदुरको मृत्यु भएको छ। 

शुक्रबार वालिङ नगरपालिका–८ डुम्रिकोटस्थित डुम्रिकोट–मिर्दी सडकखण्डमा काम गर्ने क्रममा पर्खालले थिच्दा धादिङको बेनीघाट–९ का ३० वर्षीय उमेश चेपाङको मृत्यु भएको हो। 

वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक विनोद सुवेदीका अनुसार सडकको नालीमा सोलिङ गर्ने क्रममा कुनामा रहेको पर्खाल भत्किँदा चेपाङ गम्भीर घाइते भएका थिए। उपचारका क्रममा वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उनको मृत्यु भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.