|

काठमाडौं : यतिखेर अंग्रेजी नयाँ वर्ष सन् २०२३ नजिकै आइपुगेको छ। फर्केर हेर्दा सन् २०२२ लाई अन्य वर्ष झैँ यस वर्ष पनि विश्वका विभिन्न देशमा सरकारविरोधी प्रदर्शन भए।

युक्रेनविरुद्ध रुसले युद्ध छेडेपछि रुसको राजधानी मस्कोलगायत विभिन्न शहरमा आन्दोलन भएका थिए। यतिमात्र होइन इरानमा पनि यो वर्ष सरकारविरोधी प्रदर्शन चर्किएको थियो। उक्त दंगामा करिब २ सय प्रदर्शनकारीको मृत्यु भएको र सयौंलाई गिरफ्तार गरिएको थियो।

गत सेप्टेम्बरमा इरानी राजधानी तेहरानको एउटा प्रहरी चौकीमा हिरासतमा राखिएकी २२ वर्षीया कुर्दिश युवती महसा अमिनीको मृत्युको विरोधमा देशव्यापी विरोध प्रदर्शन भयो। शुरुमा उनको गृहप्रान्त कुर्दिस्तानमा शुरु भएको विरोध प्रदर्शन पछि राजधानी तेहरानलगायत अन्य इरानी शहरमा फैलिएको थियो।

यस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङको तेस्रो कार्यकाल शुरु हुने मिति नजिकिएसँगै चीनमा विशाल प्रदर्शन भएको थियो। अक्टोबर १६ मा राजधानीमा विशाल प्रदर्शन देखिएको हो।  

सीको शून्य कोभिड नीतिबाट गम्भीर संकटमा परेका चिनियाँले राजधानी पेकिङका धेरै क्षेत्रमा चीनका राष्ट्रपतिलाई तानाशाह भएको भन्दै पोस्टर-ब्यानर लगाएका थिए। यतिमात्र होइन, उनीहरूले कोरोना परीक्षण होइन, खाना देऊ भन्दै माग गरेका थिए। 

उक्त प्रदर्शनमा १४ लाख मानिसलाई अपराधी भन्दै पक्राउ गरिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले खबर त्यस वेला प्रकाशित गरेका थिए। 

यसैगरी श्रीलंकामा पनि यो वर्ष ठूलो प्रदर्शन भयो। श्रीलंकामा राजापाक्ष परिवारले आर्थिक संकट, इन्धनको अभाव, मूल्यवृद्धि न्यूनीकरण गर्न नसकेको भन्दै उनीहरूविरुद्ध देशव्यापी आन्दोलन भएको थियो। श्रीलंकामा आर्थिक संकटसँगै राजनीतिक संकट पनि उत्पन्न भएको भन्दै आन्दोलन चर्किएपछि राजापाक्ष खानदानले सत्ता छोड्नुपरेको थियो।

यस्ता ठूला प्रदर्शन यस वर्ष पनि विश्वभरि नै भएका छन्। विश्वका चर्चित प्रदर्शनलाई बेलायती सञ्चारमाध्यम रोयटर्स ले तस्वीरमार्फत सार्वजनिक गरेको छ।

सन् २०२२ मा विश्वभरि भएका यस्तै प्रदर्शनको झल्किने केही तस्वीरः 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.