काठमाडौं : नेपाली बजारमा आज सुनको भाउ बढेको छ। चाँदी भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सुन प्रतितोला दुई सय रुपैयाँले बढेको हो। आज छापावाल सुन प्रतितोला एक लाख सात सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने प्रतितोला एक लाख पाँच हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै तेजाबी सुन प्रतितोला एक लाख दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
चाँदीको मूल्य भने स्थिर छ। नेपाली बजारमा हिजो र आज प्रतितोला एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।