|
तस्वीर : जापान टाइम्स

जापानका पुनर्निर्माणमन्त्रीले आर्थिक अनियमितताको आरोप लागेपछि मंगलबार राजीनामा दिएका छन्। प्रधानमन्त्री फुमियो किशिदाको मन्त्रिमण्डलबाट तीन महिनामा राजीनामा दिने चौथो मन्त्री बनेका छन्।

आफ्ना सहयोगी, श्रीमती र आमालाई गैरकानुनी राजनीतिक भुक्तानी गरेको आरोपमा आलोचना खेपिरहेका पुनर्निर्माणमन्त्री केन्या अकिबाले पत्रकारहरूसँग भने, 'मलाई विश्वास छ कि मेरो कार्यको सन्दर्भमा कुनै अवैधता छैन।'

उनले भने, 'तर बजेट र अन्य विधायिकी कार्यसूचीको काम कारबाही रोकियोस् भन्ने मेरो चाहना नरहेकाले पदबाट राजीनामा दिएको छु।' किशिदाले आफ्नो कार्यकालको सबैभन्दा कम अनुमोदन रेटिङको सामना गरिरहेका वेला उनको मन्त्रिमण्डलका चौथो व्यक्तिको राजीनामा आएको हो।

सांसदहरू र एकीकृत चर्च सम्प्रदायबीचको सम्बन्धको बारेमा एकपछि अर्को घोटाला र खुलासापछि नागरिकको क्याबिनेटबाट बढ्दो रूपमा मोहभंग भएको हो। गत महिना आन्तरिक मामिलामन्त्रीले चुनावी अभियानको आर्थिक अनियमितताको आरोपमा राजीनामा दिएका थिए।

उनको ‘लो प्रोफाइल’ कामले मृत्युदण्डको सजाय स्वीकृत गर्दा सञ्चारमाध्यममा कभरेज मात्र सिर्जना गरेको भन्दै न्यायमन्त्रीले राजीनामा दिएका थिए। अक्टोबरमा आर्थिक पुनरुत्थान मामिला मन्त्रीले एकीकृत चर्चसँग सम्बन्ध रहेको आरोपपछि राजीनामा दिएका थिए।

पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्याको आरोप लागेका व्यक्तिले आफ्नी आमाले प्रधानमन्त्री पूर्वप्रधानमन्त्री आबेसमेतको संलग्नता रहेको चर्चले आफ्नो परिवारलाई आर्थिक रूपमा निकै कमजोर बनाएको भन्दै संगठनप्रति आक्रोश व्यक्त गरेको समाचार सार्वजनिक भएपछि यो सम्प्रदाय चर्चामा आएको थियो।

आधिकारिक रूपमा विश्व शान्ति र एकीकरणका लागि पारिवारिक महासंघको रूपमा चिनिने चर्चले कुनै पनि गलत काम गरेको अस्वीकार गरेको छ। किशिदाको क्याबिनेटको अनुमोदन रेटिङ ३० प्रतिशतको तथाकथित ‘खतराको स्तर’को निकट छ र जनवरीमा संसद्को अर्को सत्र शुरु हुनुअघि उनले आफ्नो मन्त्रिमण्डल पुनर्गठन गर्न सक्ने अनुमान छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.