|

हेटौंडा : पूर्वराजा ज्ञानेन्द्र शाह आफैँ गाडी चलाउँदै मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीस्थित आमाघर आश्रममा पुगेका छन्।

बुधबार पूर्वराजा शाह रानी कोमल शाहसँगै गाडी चलाउदै आमाघर आश्रममा पुगेका हुन्। बाराको सिमरास्थित विमानस्थलमा अवतरण भई चितवनतर्फ जाने क्रममा पूर्वराजा रानी सिमपानीस्थित आमाघर आश्रममा पुगेका थिए।

राजारानीलाई आश्रममा रातो कार्पेट ओछ्याएर स्वागत गरिएको थियो। केही बेर आश्रममा बसेका उनीहरू बुधबारै चितवनर्फ लागेका छन्। राजपरिवार आश्रम पुग्दा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, ८ नम्बर वडाध्यक्ष नारायण उप्रेती, आश्रम सञ्चालन समितिको अध्यक्ष रामचन्द्र उप्रेती लगायतले स्वागत गरेका थिए।

पूर्वराजा रानीले आश्रमको बारेमा चासो राखेका थिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.