इलाम : हरियो चिया बगानलाई नागबेली मेची राजमार्गले चिरिएको कन्याममा पर्यटकको आकर्षण सधैँ जस्तो हुन्छ। चियाबगान मात्रै होइन कुहिरोसँग लुकामारी खेल्दै छिनछिनमा परिवर्तन भइरहने मौसम पनि कन्यामको आकर्षणको पाटो हो।
घोडा चढेर चिया बगान सयर गर्नेदेखि लिएर मौलिक संस्कृतिसँग जोडिएका पोशाक लगाउँदै सेल्फी हान्नेहरू पनि उत्तिकै भेटिन्छन्। विशेष गरी शनिबार कन्याम व्यस्त रहन्छ। इस्वी संवत्को नयाँ वर्षको पहिलो दिन सधैँको भन्दा कन्याममा भीडभाड बढी देखिन्थ्यो।
पर्यटकलाई कन्यामको ९ डिग्रीको चिसोको कुनै पर्वाह थिएन। नयाँ वर्षको पहिलो दिन सुन्दर तस्बिर कैद गर्न र टिकटक बनाउनमै व्यस्त देखिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।