|

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको छ। 

बजेट अधिवेशनको प्रारम्भिक दिनमा नै नेपाली कांग्रेसले उठेर बैठक अवरुद्ध पारेको हो। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको जिकिर गर्दै संसदीय छानविन समिति गठन गर्न माग गर्दै आएको छ।

बैठकको सुरुमा सभामुख देवराज घिमिरेले सदन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको व्यहोरा पढेर सुनाएका थिए। उनले आजका समस्या र समाधानका लागि जिम्मेवार भई जनताका मुद्दामा केन्द्रित भई प्रस्तुत हुनुपर्नेमा जोड दिए। उनले सदनमा उठेका मुद्दाको समयमा सुनुवाइका लागि सरकारले दायित्व निर्वाह गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.