|

विराटनगर :  प्रदेश १ मा मुख्यमन्त्रीका लागि  एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गर्ने भएका छन्।

 कार्कीले आज (आइतबार) ४ बजे प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीका लागि दावी पेश गर्ने भएका हुन्।

प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि दलहरुलाई ५ बजेसम्मका लागि समय तोकिदिएका थिए।

सत्ता साझेदार दल नेकपा(एमाले) संसदिय दलका नेता  कार्की र नेकपा(माओवादी केन्द्र) का संसदिय दलका नेता ईन्द्रबहादुर आङ्बोबीच भेटावार्ता भई आज आज ४ बजे प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने तयारी रहेको एमाले संसदीय दलका नेता कार्कीका संचिवालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.