|

बागलुङ : बुबाको हत्या गरेको आरोपमा पक्राउ परेका बागलुङको गलकोट नगरपालिका–८ का २२ वर्षीय अनिल सार्कीलाई १० वर्ष कैद सजाय भएको छ।

आमा ४० वर्षीया कुमारी सार्कीसँग मिलेर आफ्नै बुवा ४० वर्षीय धनबहादुर सार्कीको हत्या गरेको आरोपमा आमाछोरालाई प्रहरीले २०७७ चैत ३ गते पक्राउ गरेको थियो।

जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको २०७९ पुस ६ गतेको इजलासले श्रीमान्‌को हत्यामा संलग्नता नरहेको भन्दै कुमारीले सफाइ पाएकी थिइन्। धनबहादुरको हत्या छोरा अनिलले गरेको ठहर गर्दै सजाय निर्धारणको लागि पेश भएको थियो।

धनबहादुरको मनासायपूर्वक हत्या गरिएको ठहर गर्दै जिल्ला न्यायाधीश दिवाकर भट्टको पुस २५ गतेको अन्तिम आदेशले अनिललाई कैदसँगै १ लाख रुपैयाँ जरिवाना फैसला गरेको जिल्ला अदालत बागलुङका स्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताए।

२०७७ चैत १ गते धनबहादुरलाई कुटपिट गरी घरमै लुकाएर राख्दा ३ गते मृत्यु भएको भन्दै धनबहादुरका दाजु जुठे सार्कीले बुहारी र भतिजविरुद्ध प्रहरीमा २०७७ चैत ४ गते कर्तव्य ज्यान कसुर शीर्षकमा मुद्दा दर्ता गराएका थिए।

कुमारी र सुनिल तत्कालीन जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको २०७७ चैत २९ गतेको आदेशले पुर्पक्षका लागि थुनामा रहेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.