|

हेटौंडा : बागमती प्रदेशको सभामुख पदका लागि नेपाल मजदुर किसान पार्टीकी सृजना सायजुले उम्मेदवारी दिएकी छिन्।

बिहीबार प्रदेशसभा सचिवालय हेटौंडामा उपस्थित भएर सायजुले सभामुख पदमा उम्मेदवारी दिएकी हुन्। उनलाई नेमकिपाका सांसद सुरेन्द्रराज गोर्साइले प्रस्ताव र गीता काफ्लेको समर्थन गरेका छन्।

उनले नेपालको संविधानको धारा १८२ एवम् प्रदेशसभा नियमावली पहिलो संशोधन २०७४ को नियम ७ को उपनियम २ बमोजिम मनोनयन दर्ता गरेकी हुन्। उनी भक्तपुरबाट नेपाकिपाको समानुपातिक कोटाबाट सांसद चुनिएकी हुन्।

यता, सत्ता गठबन्धनले राप्रपाका भुवन पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।

सत्ता समीकरण मिलाउने क्रममा गठबन्धनले बागमती प्रदेशमा मुख्यमन्त्री माओवादी, सभामुख राप्रपा र उपसभामुख एमालेले पाउने सहमति भएको थियो।

कांग्रेसले शिवराज अधिकारीलाई  उम्मेदवार बनाउने भएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.