|
फोटो : अल जजिरा

पेरुमा सरकारविरोधी प्रदर्शनले हिंसात्मक रूप लिँदै गएको छ। हालसम्म उक्त आन्दोलनमा ५० बढीको ज्यान गइसकेको छ। ५० भन्दा बढी घाइते भएका छन्। आन्दोलनमा एक जना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या गरिएको छ।

पूर्वराष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ गरेपछि हिंसा बढेको हो। प्रधानमन्त्री अल्बर्टो ओटारोलाले सोनकोको मृत्युको पुष्टि गर्दै प्रदर्शनकारीले उनीमाथि आक्रमण गरेका बताएका छन्।

प्रशासनले  पुलिसलाई बल प्रयोग गर्न र मृत्युको अनुसन्धानका लागि अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्न आह्वान गरेको छ।  प्रदर्शनकारीहरूलाई सम्पत्तिमा आक्रमण गर्न वा एम्बुलेन्सहरूको आवागमनमा अवरोध नगर्न आग्रह गरिएको छ।

गत डिसेम्बरको सुरूमा तत्कालीन राष्ट्रपति पेड्रो कास्टिलोलाई गैरकानुनी रूपमा कङ्ग्रेस विघटन गर्ने प्रयास गरेको केही समयपछि उनलाई हटाइएर गिरफ्तार गरेपछि सरकारविरोधी प्रदर्शन सुरु भएको थियो।

पेरुमा प्रदर्शनकारीहरूले विभिन्न किसिमका नाकाबन्दी सृजना गर्दै विरोध प्रदर्शनलाई तीव्रता दिएका छन्। नयाँ राष्ट्रपति डिना बोलुआर्टेले सन् २०२४  निर्वाचन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।  तर विरोध भने झन् तीव्र बनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.