|

युक्रेनमा रूसको आक्रमण ३२२ औँ दिनमा पनि जारी छ। रूसमा युक्रेनी सेनालाई गोली हान्न अस्वीकार गर्ने कैदीबन्दीलाई फाँसी दिइएको समाचार बाहिरिएको छ।

द डेली बिस्टको रिपोर्टका अनुसार केही कैदीले युक्रेनी सेनाविरुद्ध रूसले समर्थन गरेको वाग्नर ग्रुपसँग लड्न मोर्चालाई पठाइएको बताएका छन्।

तीमध्ये केहीले युक्रेनी सैनिकमाथि आक्रमण गर्न अस्वीकार गरेका छन्। त्यसपछि उनीहरूलाई पक्राउ गरी निर्जन क्षेत्रमा लगिएको थियो र नरफर्मानीको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको थियो।

रिपोर्टका अनुसार वाग्नरद्वारा भर्ती गरिएका पूर्व कैदी येवगेनी नोभिकोभले भने, 'जसले आदेशको पालना गर्दैनन्, उनीहरूलाई यस्तै तरिकाले मृत्युदण्ड दिइन्छ।'

नोभिकोभले रूसले सेनाका आदेश पालन गर्न अस्वीकार गर्ने सैनिकहरूसँग व्यवहार गर्न छुट्टै स्क्वाड्रन स्थापना गरेको  बताए।

रिपोर्टमा अर्का कैदी अलेक्जेन्डर ड्रोज्डोभले भने कि वाग्नरद्वारा युक्रेनमा फ्रन्टलाइनमा पठाइएका धेरै रूसी कैदीहरू लागूऔषध दुर्व्यसनी र पागल अवस्थामा छन्। 'उनीहरूले आदेश पालना गर्न मानेनन्। उनीहरूको व्यवहारले काम बिग्रन्छ', उनले भने।

पुटिनले युक्रेनको आक्रमणका लागि मात्र कमाण्डर परिवर्तन गरेका छन्। रूसी रक्षामन्त्री सेर्गेई शोइगुले युक्रेनमा भएको अभियानका लागि प्रमुख जनरल स्टाफ भ्यालेरी गेरासिमोभलाई नयाँ कमान्डरको रूपमा नियुक्त गरेका छन्।

भ्यालेरी रूसी सेनाको सबैभन्दा ठूलो अफिसर जनरल हुन्। उनी जनरल स्टाफ प्रमुख हुन्। उनी सन् २०१२ देखि यो पदमा छन्। उनले सेर्गेई सुरोभिकिनको स्थान लिनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.