|

काभ्रे : जिल्लाको विकट खानीखोला गाउँपालिका–४ का वडाध्यक्ष निशान मोक्तानले आफूले पाएको सेवा सुविधाबापत प्राप्त रकमबाट भित्ते घडी र न्यानो कपडा बाँडेका छन्। वडाध्यक्ष मोक्तानले एक कार्यक्रमबिच तीन विद्यालयलाई भित्ते घडी र ११ जना अनाथ बालबालिकालाई न्यानो कपडा बाँडेका हुन्।

वडाध्यक्ष मोक्तानले आफूलाई सरकारले दिएको सेवा–सुविधाबापतको रकम विभिन्न क्षेत्रमा सहयोग गरी जनतालाई नै फिर्ता गर्दै जाने बताए। उनले भने, ‘मैले निर्वाचन जित्दा नै सरकारी सेवा–सुविधा जनताका लागि प्रयोग गर्ने योजना बनाएको थिएँ। सोही अनुरुपको काम गरेको हो।’

वडाध्यक्ष मोक्तानले वडाभित्र पर्ने कुमारी माध्यमिक विद्यालयलाई १२ वटा भिते घडी वितरण गरेको छ। त्यस्तै वीर आधारभूत विद्यालयलाई ५ वटा र ज्ञानज्योति आधारभूत विद्यालयलाई ३ वटा भित्ते घडी वितरण गरेका छन्।

उनले आफूले वितरण गरेको कपडाबाट भाईबाहिनीले न्यानो पाउने विश्वास व्यक्त गरे।

वडाध्यक्ष मोक्तानले आफू शासक नभई जनताको सेवक भएकाले विद्यालय र विद्यार्थीको आवश्यकताअनुसारको सामग्री वितरण गरेको बताए।

वडा अध्यक्ष मोक्तानले  विद्यालयहरु इन्टरनेट सहितको टेलिफोन सेवा यसअघि उपलब्ध गराइसकेका छन्। उनी गएको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षमा निर्वाचित भएको थियो। गाउँपालिकासँगै पालिकाभित्रका ७ वटा वडामध्ये ६ वटामा बाम लोकतान्त्रिक गठबन्धनबिच चुनावी तालमेल हुँदा वडाध्यक्ष मोक्तानको वडामा भने मित्रवद् प्रतिस्पर्धा भएको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.