|

काठमाडौं : पोखरामा भएको विमान दुर्घटनामा नवलपरासी कावासोती–६ विष्णुनगरका मोहनप्रकाश श्रेष्ठको पनि मृत्यु भएको पुष्टि भएको छ। यो खबरसँगै पूरै गाउँ हिजोदेखि शोकमा डुबेको छ। 

विगत पाँच वर्षदेखि उनी कृषि ज्ञानकेन्द्र म्याग्दीमा कृषि प्रसार अधिकृतका रूपमा कार्यरत रहेका थिए। श्रेष्ठको परिवारले हिजो नै पोखरा पुगेर शव पहिचान गरिसकेका छन्।

शव आजै परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको परिवारले जनाएको छ। श्रेष्ठको परिवारमा श्रीमती, एक छोरी र बुवाआमा छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.