|

हेटौंडा : बागमती प्रदेशसभाको उपसभामुखमा अप्सरा चापागाईं निर्वाचित भएकी छन्। सोमबार भएको निर्वाचनमा चापागाईं ६१ मत ल्याउँदै उपसभामुखमा निर्वाचित भएकी हुन्।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी एमालेकी चापागाईंको विपक्षमा ३९ मत खसेको थियो भने ७ जना तटस्थ बसेका थिए।

११० प्रदेशसभा सदस्यमध्ये सोमबारको बैठकमा १०८ जनाको मात्रै उपस्थिति रहेको थियो।

चापागाईंलाई एमाले, माओवादी, राप्रपा र हाम्रो नेपाली पार्टीले मत दिएका थिए ।

उपसभामुखको अर्को उम्मेदवार नेमकिपाकी गीता काफ्लेले ३ मत पाइन्। उनलाई नेमकिपाका ३ जनाले मत दिएका हुन्।

नेपाली कांग्रेसको तर्फबाट सोना परियारको लागि निर्वाचन नै गर्नु परेन। उम्मेदवारी दर्ताको वर्णानुक्रमअनुसार निर्वाचन गर्दा नेमकिपाले बहुमत नपाएपछि एमालेको उम्मेदवारको लागि निर्वाचन गरिएको थियो।

एमालेकी उम्मेदवार चापागाईंले आवश्यक बहुमत पाएपछि अर्को निर्वाचन नभएको हो।

यसअघि शुक्रबार भएको निर्वाचनबाट प्रदेशसभाको सभामुखमा राप्रपाका भुवनकुमार पाठक सभामुखमा निर्वाचित भएका थिए। उनले ६२ मत पाएको भए पनि उपसभामुखमा चापागाईंले भने ६१ मत मात्रै पाइन्।

अब भोलि मंगलबार मुख्यमन्त्रीले विश्वासको मत लिने भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.