|

पोखरा : पोखरामा आज शुरु भएको तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित पुरुष तथा महिला भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको खेलमा गण्डकी र सशस्त्र प्रहरीको एपिएफ क्लबले विजयी शुरुवात गरेका छन्।

पोखरा रंगशालाको भलिबल कोर्टमा आइतबार भएको खेलमा सशस्त्र प्रहरीको एपिएफले विभागीय टोली त्रिभुवन आर्मीलाई ३–१ को सेटमा हराउँदै विजयी शुरुवात गरेको हो।

पहिलो सेट आर्मीले २५–२० ले आफ्नो पक्षमा पारे पनि एपिएफले दोस्रो, तेस्रो र चौथो सेटमा कब्जा जमायो। ​एपिएफले आर्मीमाथि २५–२२, २६–२४ र २५–१९ को जित निकालेको हो।

आजै भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै गण्डकीले पनि विजयी शुरुवात गरेको छ। पुलिसमाथि गण्डकीले २५–२३, २५–२० र २५–१६ ले जित्यो।

महिलातर्फको खेलमा त्रिभुवन आर्मीले न्यु डायमण्ड युथ स्पोर्टस क्लबलाई ३–० को सोझो सेटमा हराएको छ। आर्मीले न्यु डायमण्डमाथि २७–२५, २५–१७ र २५–१३ को जित निकालेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.