|

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले साना तथा मझौला उद्यमी सम्मेलन गर्दैछ। सोमबार बिहान साढे ९ बजे सुरु हुने सम्मेलनमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सम्बोधन गर्नेछन्। 

महिला उद्यमीलगायत लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसाय क्षेत्रको विकास, विस्तार एवं प्रवर्धनमा सहयोग पुर्‍याउने उद्देश्यले सम्मेलन गर्न लागेको महासंघले जनाएको छ। सम्मेलनमा यो क्षेत्रका लागि आवश्यक नीतिगत व्यवस्था, वित्तीय पहुँंच, बजार तथा निर्यात प्रवर्धन, अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभावलगायतका विषयमा छट्टाछुट्टै कार्यपत्र प्रस्तुति तथा सामूहिक छलफल हुनेछ।

साना उद्योगीले प्रतिष्ठित उद्योग र उद्योगीले आफ्नो क्षेत्रमा प्राप्त गरेको सफलता र अनुभव आदान–प्रदान समेत हुने आयोजकले जनाएको छ। कार्यक्रममा प्रदेश उद्योग वाणिज्य संघ, जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघ, वस्तुगत संघ, नेपाल सरकारका प्रतिनिधि, महिला, लघु, घरेलु, साना तथा मझौला उद्यमी लगायत सरोकारवाला निकायका करिब ३०० जना सहभागी हुनेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.