|

विराटनगर : प्रदेश १ मा वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य  मुख्यन्यायधिवक्ता पदमा नियुक्त भएका छन्। उनले आज बुधबार शपथ लिएका छन्।

उनलाई प्रदेश प्रमुख  परशुराम खापुङको उपस्थितिमा उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारूले शपथ गराएका हुन्।

बिर्तामोड ५, झापानिवासी आचार्यलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्य न्यायधिवक्तामा नियुक्त गरेका हुन्।

शपथ प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा सम्पन्न भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.