|

काठमाडौं : सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा सोमबार पानी पर्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिमका थोरै र कर्णालीका एक दुई स्थानमा हल्का पानी पर्नसक्ने सम्भावना देखिएको हो। 

यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा बाँकी प्रदेशको हिमाली भागमा हल्का हिमपात हुने सम्भावना छ। अन्य स्थानमा भने आज दिन भर मौसम आंशिक देखि सामान्य बदली रहने विभागले जनाएको छ। 

आज राति पनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात गराउने प्रणाली सक्रिय रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो पनि देशका केही स्थानमा हल्का पानी पर्नसक्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.