|

बंगलादेशमा आज (शुक्रबार) शुरु भएको यू-२० महिला साफ च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमै हार भोग्नु परेको छ।

ढाका कमलापुरस्थित बिएसएसएस मोस्तफा कमल स्टेडियममा भएको खेलमा नेपाल आयोजक टोली बंगलादेशसँग ३-१ ले पराजित भएको हो। खेलको शुरुवाती ३० मिनेटमा ३ गोल भइसकेको थियो।

खेलको शुरुवातमै नेपालले गोल खाएको थियो। खेल शुरु भएको तेस्रो मिनेटमै अकलिमा खातुनले गोल गर्दै बंगलादेशलाई खेलमा अग्रता दिलाइन्। कप्तान शामसुन नाहरले १३औं मिनेटमा गोल गरेर बंगलादेशको अग्रता २-० पारिन्।

२ गोलले पछि परेपछि खेलमा फर्कने प्रयास गरेको नेपालका लागि २४ ‌औं मिनेटमा मनमाया दमाईले गोल गरेर खेल २-१ मा ल्याइन्। पहिलो हाफ र दोस्रो हाफमा नेपालले बराबरी गोल गर्ने भरमग्दुर प्रयास गरे पनि असफल भयो। बरु बंगलादेशले इन्जुरी टाइममा एक गोल थपेर खेल ३-१ ले जित्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.