|

दमक : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च शिक्षा अध्ययनका लागि विदेश जानु पर्ने अवस्थाको अन्त्य हुने बताएका छन्। 

झापाको दमक ४ मा शुक्रबार प्राविधिक तथा व्यवसायीक तालिम परिषदको आंगिक प्राविधिक शिक्षालय भवनको शिलान्यासका क्रममा ओलीले यस्तो बताउनु बताएका हुन्। 

अब जीवन र जिविकासँग जोडिएको शिक्षालाई सर्वसाधारणको पहुँचमा पुर्याउनु पर्नेमा जोड दिँदै उनले प्रमाणपत्र मात्र पाउने शिक्षाले जीवनलाई परिवर्तन गर्न नसक्ने पनि बताए। 

आफ्नो गृहनगरमा निर्माण हुने सो भवनको शिलान्यास कार्यक्रममा अध्यक्ष ओलीले यहाँका सवै विकास, आवश्यकता र योजनाहरुका बारेमा आफू जानकार रहेको र बाँकी आवश्यकता पूर्तीमा पनि लागिरहेको उल्लेख गरे। शिक्षालय भवनसम्म आउने सडक कालोपत्रे अब तुरुन्तै हुने भन्दै कसैले रोक्न चाहेर पनि त्यो योजना नरोकिने उनको भनाइ थिया। 

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की, संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी, सिटीईभिटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, सदस्य सचिव जीवनारायण काफ्ले लगायतको उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.