|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्डलाई भेट्न ओली शनिबार बिहान बालुवाटार पुगेका हुन्।

उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्री नदिएको भन्दै एमाले असन्तुष्ट छ। उसले रास्वपाको भागमा परेको गृहमन्त्रालय उसैलाई दिनुपर्ने अडान लिएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएसँगै उनको उपप्रधानमन्त्री तथा गृहमन्त्री पदसमेत गुमेको थियो ।

पुनः नागरिकता लिएपछि लामिछानले फेरि गृहमन्त्री नियुक्तका लागि दबाब दिँदै आएका छन्। लामिछानेलाई एमाले अध्यक्ष ओलीले साथ दिँदै आएका छन् भने प्रधानमन्त्री दाहाल अहिलेकै अवस्थामा लामिछानेलाई गृहमन्त्री बनाउन इच्छुक छैनन्।

मतभेद र अविश्वासका कारण सत्ता गठबन्धनभित्र खटपट उत्पन्न भएको छ। एमाले अध्यक्ष ओलीले भने गठबन्धन टिकाउनु पर्ने पक्षमा छन्।

सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल एमाले पुस १० गते बालकोटमा भएको सात दलीय सहमति तोड्ने पक्षमा छैन। कम्तीमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्म गठबन्धन कायम राख्ने पक्षमा एमाले छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.