|

काठमाडौं : नेपाली कांग्रेससहितको विपक्षी गठबन्धनले सत्तारूढ दलभित्रको विवादलाई सूक्ष्म रूपमा नियालिरहेको टिप्पणी गरेको छ। 

शनिबार बिहान सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा भएको विपक्षी दलको बैठकले गठबन्धनभित्र गृह मन्त्रालयका विषयमा भएको विवादलाई आफूहरूले सूक्ष्म रूपमा हेरिरहेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

‘सरकारमा रहेका दलहरूबीच सैद्धान्तिक, वैचारिक विषयमा व्यापक विवाद उत्पन्न भएको छ। संघीय संसदमा पनि कुरा उठेको छ। गृहमन्त्रीको विवादको कुरा आएको छ। यी विषयमा अत्यन्त सुक्ष्म ढंगले हामीले हेरिरहेका छौं,’ उनले भने। 

सर्वोच्च अदालतले रवि लामिछानेलाई नागरिकता मुद्दामा दोषी ठहर्‍याएसँगै उनको गृहमन्त्री पद र सांसद पद खारेज भएको थियो। त्यसपछि गृहको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै राखेका छन्। यद्यपि, रास्वपाले रवि लामिछानेले नै पुन: गृह मन्त्रालयको जिम्मेवारी पाउनुपर्ने अडान राख्दै आएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.