|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा  जारी बैठकले गृह मन्त्रालयको विषयमा अन्तिम निर्णय गर्ने बताइएको छ। 

बैठकले सरकारमा बस्ने कि बाहिरिने विषयमा अन्तिम निष्कर्ष निकाल्नेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभापति रवि लामिछानेलाई गृह मन्त्रालय बाहेकका मन्त्रालय  प्रस्ताव गरेपछि रास्वपा अनिर्णीत बनिरहेको छ। 

 आइतबार बिहान सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए। गृह मन्त्रालय पाउनुपर्ने अडान राखेको रास्वपालाई भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेपछि रास्वपामा यसबारे छलफल भइरहेको छ। 

निर्णायक भन्दै शनिबार साँझबाट राति अबेलासम्म बसेको बैठक बिना निष्कर्ष सकिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.