|

काठमाडौं : धनुषाको जनकपुर उपमहानगरपालिका –४ कटैया चौरीमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

कुकुरलाई बचाउने क्रममा गएराति ११ बजे ज ७ प ५२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका धनुषाकै मुखियापट्टीका ४४ वर्षीय विजय कुमार साहको जनकपुर स्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा आज बिहान पौने ४ बजे मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ। 

यस्तै धादिङको थाक्रे गाउँपालिका –६ मा टिपरसँग ठोकिदा स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा थाक्रे –११ का १५ वर्षीय संगम लामा रहेका छन्। 

लामाको शाही बाबा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। काठमाण्डौबाट गजुरी तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२५ प ५१११ नम्बरको स्कुटर पार्कीङमा राखेको बा ४ ख २६५४ नम्बरक टिपरको पछाडी गएराती १२ बजे ठोकिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.