|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि)को परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह चौथौ वर्षको वार्षिक परीक्षा तालिका संशोधन गरेको छ। स्नातक तह चौथो वर्षका विद्यार्थीहरूले आन्दोलन गर्दै परीक्षा तालिका संशोधन गर्नुपर्ने अडान राखेपछि पनिकाले परीक्षा तालिका संशोधन गरेको हो।

त्रिविले सार्वजनिक गरेको परीक्षा तालिका अनुसार परीक्षा चैत १२ गतेदेखि सञ्चालन भएर २१ गते सकिने छ। यसअघि त्रिविले २०७९ सालमा सञ्चालन हुने चार वर्षे स्नातक तह चौथो वर्षको शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फका नियमित तथा आंशिक परीक्षाका लागि पुस २९ गतेदेखि २०७९ साल माघ २९ गतेसम्म नियमित दस्तुरसहित आवेदन फारम भरेर बुझाउन आग्रह गरेको थियो।​

यसैगरी साधारण म्याद सकिएको एक हप्ताभित्र दोब्बर दस्तुरसहित आवेदन फारम भरी बुझाउन त्रिविले आग्रह गरेको थियो। एक हप्ता थप हुँदा फारम भर्ने समय सीमा फागुन ७ गतेसम्म पुग्ने तर

त्रिविले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार यी संकायका वार्षिक परीक्षा भने फागुन १० गतेदेखि शुरु हुने तालिका थियो। यही कारण फारम भर्ने समय ७ गतेसम्म रहेको र यो मितिले ३५ दिन पछिबाट परीक्षा सञ्चालनको तालिका सार्वजनिक गर्नुपर्ने परीक्षार्थीहरूले माग गर्दै आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.