|

काठमाडौं : नीर शाहले चलचित्र विकास बोर्डको सल्लाहकार समिति संयोजकबाट राजीनामा दिएका छन्। 

बोर्ड नेतृत्वले सल्लाहकार समितिसँग सल्लाह नै नलिइ काम गरेको भन्दै उनले राजीनामा दिएका हुन्।

शाहले भने ‘बोर्डका विभिन्न खालका केही काम भएका छन्। तर, त्यो सल्लाह बमोजिम भएका होइनन्। के निर्णय हुँदै छ भन्ने थाहा भए कम्तीमा आफ्नो राय सुझाव दिन सकिन्थ्यो,’ शाहले भने, ‘के निर्णय हुँदै छ भन्ने थाहै नहुँदा आफ्नो रायसमेत राख्ने अवस्था नभएको स्थितिमा त्यहाँ बसिरहनु मैले उचित ठानिनँ।’ 

बोर्डले पछिल्लो समय आलंकारिक भूमिकामा सल्लाहकार समितिलाई राख्न खोजेको आफूले महसुस गरेको उनको भनाइ छ। 

केही दिन अगाडि मात्रै सल्लाहकार समिति सदस्यबाट रवीन्द्र खड्काले पनि राजीनामा दिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.