|

दोलखा : दोलखाको बैतेश्वर गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९।०८० मा भए गरेका काम सार्वजनिक सुनवाइमार्फत जानकारी गराएको छ।

पालिकाको आयोजनामा भएको कार्यक्रममा ८ वटै वडाका बासिन्दाले कृषि स्वास्थ्य, खानेपानी, शिक्षा, स्वास्थ्य, सिँचाइ विकास निर्माणका बारेमा गुनासो तथा प्रश्न र सुझाव राखेका थिए।

सार्वजनिक सुनवाइ कार्यक्रममा पालिका प्रमुख छवि लामाले पालिकामा अहिले विकासका काम भइरहेका, सेवा प्रवाह छिटो छरितो गर्न प्रविधिको प्रयोग, लक्षित वर्गसम्म पुग्ने गरी योजनाका काम भएको बताए।

पालिकाले आफ्नै लगानीमा अहिलेसम्म पाँच किलोमिटर सडक पीच गरेको र डेढ किलोमिटर सडक ढलान गरेको लामाले जानकारी दिए। गाउँपालिकाले तरकारी बाली पकेट कार्यक्रमको निरन्तरता, मौरी स्रोत केन्द्र स्थापना, खाद्यान्न बालीको उन्नत वीउ उपयोगमा अनुदान, मकैबाली प्रवर्धन, किसान सूचीकरण, कृषि, पशुपक्षी तथा मत्स्य कार्यक्रममा सहयोग गरेको जनाएको छ।

त्यसैगरी ९० प्रतिशत अनुदानमा सिल्पोलिङ प्लास्टिक वितरण, कृषक तालिम, किबी खेतीका लागि अनुदान, कृषि औजार खरिद, मसला बाली कार्यक्रम, रैथाने बाली संरक्षण कार्यक्रम तथा वितरण, बाली संरक्षण कार्यक्रम लगायत रहेको पालिकाका प्रशासन प्रमुख रवीन्द्र चौलागाईले जानकारी दिए।

सेवाप्रदायक निकायबाट भए÷गरेका क्रियाकलाप, उपभोक्ता समिति गठन प्रक्रिया, योजना सञ्चालन, पारदर्शिताको स्थानीय तहमा सार्वजनिक सुनुवाइ कार्यविधिबमोजिम जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको पालिकाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.